चिनियाँ प्रवेशाज्ञा आवेदन केन्द्र सञ्चालनमा

काठमाडौँ । चीन जान चाहिने प्रवेशाज्ञा प्राप्त गर्ने सेवा छिटो र छरितो बनाउन नेपालस्थित चिनियाँ दूतावासले प्रवेशाज्ञा आवेदन केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त आवेदन केन्द्रको आज राजधानीको दरबारमार्गस्थित राइजिङ मलमा उद्घाटन गर्नुहुँदै केन्द्रका सञ्चालक जाङ जियोङले गत असोजमा भएको चिनियाँ राष्ट्रपति सि जिङफिङको नेपाल भ्रमणपछि चीन जाने नेपालीको संख्यामा भारी बृद्धि आएको र प्रवेशाज्ञाको बढ्दो मागलाई सम्बोधन गर्न उक्त प्रवेशाज्ञा केन्द्रको स्थापना गर्नु परेको बताउनु भएको छ ।
चिनियाँ दूतावासका अनुसार सेवाग्राहीको सहजिकरणका लागि उक्त केन्द्रमा सोमबारदेखि शुक्रबार बिहान ९ः०० बजेदेखि दिउँसो ३ः००बजेसम्म प्रवेशाज्ञाको आवेदन दिन सकिने छ ।







प्रतिक्रिया राख्नुहोस्