गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै उहाँले प्रचारप्रसारका विभिन्न तौरतरिकामध्ये तस्वीर प्रदर्शनी पनि एक माध्यम भएको उल्लेख गर्नुभयो ।
उहाँले जनताको बलिदानीपूर्ण सङ्घर्ष र आफूहरू समेतको सहभागितामा गणतन्त्रको स्थापना भएकामा गौरवबोध गर्दै यस व्यवस्थालाई बलियो गरी संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।
पूर्वसभामुख सापकोटालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्दै तस्बिर प्रदर्शनी र राससका गतिविधिबारे अवगत गराउनुभएको थियो ।
यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।







प्रतिक्रिया राख्नुहोस्