झोलुङ्गे पुल जीर्ण बन्दै

गुल्मी । सडक सञ्जाल जोडिएपछि गुल्मी जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् ।
सडक सञ्चालन भएपछि बाढी आएका बेला खोला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय पुल मर्मत र संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै गएका पुलको मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कतिपय स्थानमा पक्की पुल निर्माण भएका कारणले प्रयोग विहीन छन् भने कतिपय स्थानमा पुराना डिजाइनमा निर्माण भएका पुलहरू जीर्ण बन्दै गएका छन् ।
जिल्लाका ग्रामीण बस्तीमा अझै पनि पुराना डिजाइनका झोलुङ्गे पुलहरू रहेका छन् । फलामको लट्ठामा काठको प्रयोग गरेर बनाइएका पुलहरू अझै पनि रहेका छन् । यी पुलहरूबाट वारी पारी गर्न स्थानीयलाई समस्या हुने गरेको छ । पुराना डिजाइनका पुलमा काठको प्रयोग गरेर जाली समेत नराख्दा खोलामा खस्ने जोखिम उत्तिकै रहेको छ । लामो समयदेखि मर्मत नहुँदा जीर्ण पुलमा प्रयोग भएका काठ समेत कुहिँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । हिउँदको सिजनमा खोलाबाटै आवत–जावत गर्न सकिने भएपनि बर्खा याममा झोलुङ्गे पुलबाट तर्न समस्या हुने गरेको मुसिकोट नगरपालिका ३ का स्थानीय नारायण महतको भनाइ छ ।
कतिपय स्थानमा जीर्ण पुलमै मर्मत गरिएको छ । जहाँ पुलमा प्रयोग भएका लट्ठा लामो समय हुँदा चुँडिने जोखिम रहेको छ । गुल्मी जिल्लामा संघ, प्रदेश, स्थानीय सरकार बाट झोलुङ्गे पुल बन्ने गरेका छन् । कतिपय स्थानमा गैरसरकारी क्षेत्रबाट पनि पुल निर्माणका काम हुँदै आएको छ । गुल्मी जिल्लामा गैरसरकारी संस्थाबाट पुलको क्षेत्रमा काम गर्दै आएको सिर्जनशील सामुदायिक विकास केन्द्रले जिल्लामा कति पुल बनेका छन् र कति जीर्ण छन् भन्ने तथ्याङ्क नभएको बताउनुभयो ।
पुराना डिजाइनका झोलुङ्गे पुलहरू व्यक्तिले निर्माण गरेको पनि पाइएका छन् । अहिले यातायातको विकास क्रमले झोलुङ्गे पुलको महत्व घट्दै गएको त छ । तर पुराना र जीर्ण पुल मर्मत बिना खोला माथी रही रहँदा मानिसहरू आज–जाऊ गर्न जाँदा खोलामा खस्ने जोखिम बढ्दो छ । जीर्ण बन्दै गएका जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने मुसिकोट नगरपालिका ३ स्थानीय पद्यमा कुँवरले माग गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्