तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले मनसुन सुरु हुनुअघि विपद् न्युनिकरणको पूर्वतयारी गरिरहेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवी लामिछानेले यसवर्ष मनसुन सुरु हुनुअघि नै सरकारले विपद् न्युनिकरणको पूर्वतयारी गरिरहेको जानकारी गराउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिदै गृहमन्त्री लामिछानेले मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना पारित गरी सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने गरी तयारी गरिरहेको जानकारी गराउनुभयो । गृहमन्त्री लामिछानेले कार्ययोजनामा उल्लेख भएअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग निरन्तर समन्वय गरिराखेको बताउनुभयो । यसवर्ष विपद्मा १८ लाखभन्दा बढी नागरिक र करिब चार लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

८३ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रत्यक्ष प्रभावीत हुन सक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहात दिनुपर्ने आकलन गरिएको गृहमन्त्री लामिछानेले जानकारी गराउनुभयो । गृहमन्त्री लामिछानेले विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने पनि बताउनुभयो । गृहमन्त्री लामिछानेल जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको तथा विपद्मा खटिनेहरूलाई आवश्यक तालिम दिन लागेका पनि जानकारी दनुभयो ।

गृहमन्त्री लामिछानेले विपद्सँग सिधा सरोकार राख्ने ११ वटा मन्त्रालय, ७ प्रदेश, ७७ जिल्ला र सात सय ५३ वटै पालिकाहरु आफ्नो भुमिकामा जिम्मेवार बन्ने गरी काम अघि बढाइएको पनि बैठकमा जानकारी गराउनु भयो । गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button