एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट
प्युठान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा जिजयविराज विष्ट पुनः निर्वाचित हुनुभएको छ । दशौँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहनुभएको थियो ।
उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिनुभयो ।
मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्