व्यावसायिक तरकारी खेतीबाट पढ्दै कमाउँदै बरेङका जीवन ज्ञवाली

बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ नयाँ बजारका एक १८ वर्षीय युवा तीन वर्षदेखी पढ्नका लागि तरकारी तथा फलफूल बेचेर आम्दानीको श्रोत बनाएर अध्ययन गरिरहेका छन् ।
सानैदेखि घरको दुःख र आफ्नो पढाइप्रतिको मोहले गर्दा अध्ययनलाई निरन्तरता दिनको लागि करिब २ रोपनी क्षेत्रफलमा रु ५० हजारबाट करेसाबारी तयारी गरेको जीवन ज्ञवालीले बताउनु भयो ।
अहिले काउली ब्रोकाउली बन्दा उत्पादन गरेको लहरे बाली अन्तर्गत काँक्रो घिरौँला तितेकरेला र सिमि तयारी अवस्थामा छन् भने टनेलभित्र सिम्लामिर्च, टमाटर लगाएका छौ टनेल बाहिर अकबरे खुर्सानी लगाएको उहाँले बताउनुभयो ।

उत्पादन भएको तरकारी स्थानीय बजार र छिमेकी गाउँ गुल्मी जिल्लाको बजार सम्म पुराउने गरेको बताउनु भएको छ । मासिक आम्दानी भनेको १० देखि १५ हजार सम्म कमाउने गर्ने गरेका बताउँछन् । आफूले अहिले घर खर्च सहित अध्ययन गर्ने पैसा कमाएको बताउनु हुन्छ ।
ज्ञवालीको यस कामले घरपरिवार र आफन्त र छरछिमेक पनि खुशी भएको र सानै उमेरमा आफ्नै खर्चले अध्ययन गर्दै देशमै केही गर्छु भनि सोच बनाएकोमा म अत्यन्त खुसी छु ज्ञवालीका बुबाले बताउनुभयो । पहिला पहिला तरकारी आयात गरेर खान्थ्यौ अहिले आफ्नै घरको अर्ग्यानिक र ताजा खाने गरेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्