तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक जारी

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरूलाई 

व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने भनी सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने,  हावाहुरीका कारण अवरुद्ध भएका सञ्चार तथा विद्युत् सेवा  तत्काल सुचारु गरिनुपर्ने र सातै प्रदेशमा ध्यानकेन्द्र स्थापना  गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी राष्ट्रिय सभाको बैठकमा  आर्थिक वर्ष २०८०/०८१ को  बजेट माथिको सामान्य छलफल आज पनि जारी छ । 

बैठकमा नेपाली काँग्रेसका   सांसद कृष्णप्रसाद सिटौलाले सशस्त्र द्वन्द्व कालका  घटनाहरूलाई टुङ्गोमा पुर्‍याउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउँदै बजेटले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा सहभागीलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद भगवती न्यौपानेले  अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने,  कलाकारिता क्षेत्रमा हुने आम्दानीलाई पनि करको दायरमा ल्याउनुपर्ने र राजस्व चुहावट रोक्नुपर्नेमा जोड दिनुभयो ।  

त्यसैगरी नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले बजेटले ल्याएको  गाँजाको  उत्पादन गराउने विषय कानून बनाएर कार्यान्वयन गर्नुपर्ने र बजेटले समेटेको घरेलु मदिरालाई ब्राण्डिङ गर्ने विषय स्वागतयोग्य भएको बताउनुभयो । 

बैठकमा सांसदहरुले बजेटको कार्यान्वयन गर्न राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button