कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोशी प्रदेशसभाको आजको प्रदेशसभाको बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
नीति तथा कार्यक्रमले स्वच्छ सुखी र समुन्नत प्रदेश निमार्ण, प्रदेशको भौतिक पूर्वाधारको निमार्ण, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासलाई जोड दिएको छ ।
नीति तथा कार्यक्रममाले स्वच्छ खानेपानीका लागि आधारभूत खानेपानी उपलब्ध गराउन एकघर एकधाराको अवधारणा अनुरुप खानेपानी तथा सरसफाई आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
यसैगरी सिचाइका लागि डिपटुवेल सञ्चालन तथा स्वच्छ माटो स्वच्छ बालीलाई समेत कार्यक्रममाले जोड दिएको छ । कार्यक्रममा गरिब, असहाय वृद्धवुद्धा तथा धर्मशाला, मठमन्दिर तथा मानव सेवा आश्रममा निरन्तर आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रमले जोड दिएको छ ।
कार्यक्रममाले आर्थिक विकास तथा रोजगारी सृजनाका लागि अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने उद्घोष गरेको छ गरेका छन् । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने कार्यक्रम उल्लेख गरिएको छ । कोशी प्रदेश चिया खेतीका लागि विश्वमै प्रख्यात छ ।
नेपाली चिया रङ्गलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर कोशी प्रदेशका चियाको खेती गर्ने किसानको आम्दानीलाई बढाउन अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्न सरकार अगाडि बढेको हो ।
त्यसका लागि बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा अन्तर्राष्ट्रिय चिया सम्मेलन सँगै लगानी सम्मेलन गर्नेछ । कोशी प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन विदेशी लगानी आवश्यक रहेकोले सरकारले नीति तथा कार्यक्रम मार्फत नै लगानी सम्मेलनको तयारी थालेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको बैठकमा पेस गर्नु भएको थियो । सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख खापुङले वाचन गर्नु भएको हो ।
सरकारले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूको समेत सहभागिता रहेको थियो । सरकार गठनको विषयलाई लिएर दुई पटकसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहँदै आएको नेपाली काँग्रेसले आजको बैठकमा सहभागिता जनाएको थियो ।
नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशको आज बसेको बैठकले आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहभागी हुन आगामी दिनमा प्रदेशसभामा हुने बजेट छलफल कार्यक्रममा समेत भाग लिने निर्णय गरेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्