तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगर भित्रका सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक शौचालयहरू निः शुल्क प्रयोग गर्न पाइने व्यवस्था मिलाइएको छ ।

आज सूचना जारी गर्दै काठमाडौँ महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको सूचना मार्फत जानकारी गराएको छ ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरले जनाएको छ ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button