तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज तीन शीर्ष नेताबिच भेटवार्ता भएको हो ।

छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताउनुभयो ।

भेटमा आइतबारबाट संसद्मा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो ।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button