तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण रुख ढल्दा गोरखामा एक जनाको मृत्यु 

गोरखा । बिहीबार  साँझ आएको हावाहुरीमा परि शहिदलखन गाउँपालिका वडा नम्बर  ४ चैलिसे निवासी वर्ष ५० का गिर बहादुर राना मगर  मृत्यु भएको वडा अध्यक्ष  यम बहादुर थापाले जानकारी दिनुभयो ।  

गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उहाँको मृत्यु भएको अध्यक्ष थापाले बताउनुभयो ।

हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिवालीमासमेत   धेरै क्षति पुगेको छ । जिल्लाका अन्य स्थानमा मानवीय क्षति भएको छैन । हावाहुरीका कारण भएको बालीनाली, घर गोठको क्षति विवरण सङ्कलन भइरहेको गाउँपालिका अध्यक्षले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button