उत्तर प्रदेशको निर्वाचनका कारण सीमानाका ४८ घन्टा बन्द हुने
रुपन्देही । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएका रुपन्देहीका सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेठ १६ गते बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने सूचना प्रकाशित गरेको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बताउनुभएको छ । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । रुपन्देहीमा ६० किलोमिटर सिमाना भारतसँग जोडिएको छ ।







प्रतिक्रिया राख्नुहोस्