तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा अस्पतालमा आँखा उपचार सेवा सुरु

गोरखा ।  गोरखा अस्पतालले अबदेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ । 

अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । बिहीबारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जानकारी दिनुभयो । प्रदेश सरकारको स्वास्थ्य कार्यक्रममा समावेश भएअनुसार आँखा जाँच सेवा शुरु गरिएको खनालले बताउनुभयो । यस अघि गोरखा अस्पतालमा आँखाको उपचार सेवा थिएन । 

दृष्टि विशेषज्ञ आश्मा मरासिनीले आँखाका बिरामीहरूलाई सेवा दिइरहनुभएको छ ।  अव अस्पतालमै आँखाको नियमित ओपिडी सेवा, आँखाको विभिन्न रोगको परिक्षण, चश्माको पावर जाँच, परामर्श लगायतका सेवा लिन सकिने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button