सहकारी प्रकरणमा छानविन समिति नबने काँग्रेसले सदन अवरुद्ध गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान कायम राखेको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन हुनु पर्ने अडान कायम राख्ने निर्णय गरेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
यस्तै बैठकले छानबिन समितति नबने आज पनि संसद अवरुद्ध गर्ने निर्णय पनि गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ ।
प्रमुख सचेतक लेखकले हिजोको संसद बैठकमा गृहमन्त्री लामिछाने भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।
काँग्रेसले सहकारी प्रकरणमा छाविन समिति गठन गर्ने र सदन सञ्चालनका सम्बन्धमा साझा ऐजेण्डा बनाउन अहिले विपक्षी दलसंग छलफल गरिरहेको छ ।
सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने विषयमा दलहरु सहमत भए पनि गृहमन्त्रीको नाम उल्लेख गर्नु पर्ने अडान काँग्रेसले कायम राखेपछि दलहरु वीच कुरा मिल्न सकेको छैन । दलहरुवीच कुरा नमिल्दा संसदको बर्खे अधिवेशन प्रभावित हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्