लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने तयारी छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेबुल गर्ने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । विधेयकमा ९ वटा खण्ड रहेका छन् । लुम्बिनीमा प्रदेश यसअघि निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्