मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व आवश्यक छ : एमाले महासचिव पोखरेल
बाँके । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

आज नेकपा एमाले बाँके जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटनमा उहाँले नेकपा एमालेलाई बलियो शक्तिका रुपमा स्थापना गर्न लागिपरेको बताउँदै आफ्नो पार्टीमा आबद्ध युवालाई समाज बदल्ने पार्टीको अभियानमा कटिबद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
पार्टीलाई जनतासँग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्