तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री लामिछाने र स्विडेनका राजदूत थेस्लेफबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालका लागि स्विडेनका राजदूत  थेस्लेफसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटघाटको सुरुवातमा राजदूतले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धको प्रसङ्ग तथा दुई देशबीचको सहयोगका सम्बन्धमा जोड दिनु भएको थियो। 

उहाँहरू बीच दुई देशबीच ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, शान्ति सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगार लगायतका विषयमा आपसी सहकार्य गर्न सकिने बारेमा महत्वपूर्ण छलफल भएको थियो। राजदूतले नेपालको आवश्यकता अनुसार ती क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको पनि बताउनु भयो। 

उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहेको अवगत गराउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button