तपाईँ सुन्दै हुनुहुन्छः

विपद् जोखिम न्युनिकरण, रोकथाम तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम सुरु

विराटनगर ।  विपद् जोखिम न्युनिकरण रोकथाम तथा व्यवस्थापन सम्बन्धी कोशी प्रदेश स्तरीय विपद जोखिम न्युनिकरण र व्यवस्थापन अभ्यास हातेमालो–६ सम्बन्धी कार्यक्रम आजदेखि विराटनगरमा सुरु भएको छ ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा पुर्वी पृतना हेडक्वार्टर इटहरीको सहकार्यमा भएको  सो कार्यक्रममा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेशका नेपाली, सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी साथै राष्ट्रिय अनुसन्धानका प्रमुख, मन्त्रालय तथा स्थानीय निकाय, रेडक्रस तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका  प्रतिनिधि सरोकारवाला साथै पत्रकारहरूको सहभागिता रहेको छ ।

 तिन दिन सम्म सञ्चालन हुने पहिलो दिनको आजको कार्यक्रममा  विपद जोखिम न्युनिकरण, व्यवस्थापन एवं पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल एवं अन्तरक्रिया भएको पुर्वी पृतना हेडक्वाटरका प्रमुख सेनानी सुवेस कायस्थले जानकारी दिनुभयो । आगामी दिनमा आउन सक्ने प्राकृतिक  विपद् जोखिम न्युनिकरण व्यवस्थापन रोकथाम तथा   उद्धारका  योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो । 

 कार्यक्रमको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका विना विभागीय मन्त्री रामबहादुर मगरले यो वर्ष कोशी प्रदेशमा बढी वर्षा हुने अनुमान गरिएकाले सुरक्षा निकायले  सोही अनुसारको तयारी  थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाढी पहिरोका कारण सबैभन्दा बढी तटीय क्षेत्रका वासिन्दा साथै महिला वाल वालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले सोही अनुरूपमा विपद व्यवस्थापनका साधन श्रोतहरूलाई तयारी अवस्थामा राख्दै तत्काल उद्धार हुन सक्ने गरि विभिन्न योजना बनाउनुपर्ने बत्ताउनुभयो । चुरे क्षेत्रको विनास, खोला किनारको अव्यवस्थित वसोेवास तथा कमजोर भूगोलका कारण बाढी पहिरोको जोखिम बढेको उहाँको भनाई थियो । 

 नेपाली सेना,  तथा सशस्त्र प्रहरीले सञ्चालन गर्दै आएको एकिकृत अभ्यास हातेमालो कार्यक्रमले विपद् जोखिन न्युनिकरण तथा व्यवस्थापनमा निकै सहयोग पु¥याएको सहभागीहरूको भनाई थियो । 

कार्यक्रममा विषय विज्ञहरूले विपद् जोखिम न्युनिकरण  व्यवस्थापन रोकथाम तथा पुर्वतयारीका विषयमा  कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । विपद जोखिम न्युनिकरण तथा पूर्व तयारीका लागि कोशी प्रदेशमा २०७६ सालदेखि एकिकृत अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ । 

 अभ्यास कार्यक्रम अन्तर्गत  जेठ–४ गते सुनसरीको चतरा स्थित कोशी पुलमा नेपाली सेनाले उद्धार कार्यसँग सम्बन्धित रहेर विभिन्न कला कौशल सहित अभ्यास प्रस्तुत गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button