मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले यो वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले १६ औँ पञ्चवर्षीय योजनालाई पारित गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्