तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले सुक्यो बाली,थपियो खानेपानीको समस्या

बागलुङ । लामो खडेरीका कारण खेतीबाली सुक्न थालेपछि बागलुङका किसानहरू चिन्तामा परेका छन् ।

लामो खडेरीका कारण  खोला तथा नहर सुक्न थालेपछि यहाँका किसानहरू मर्कामा परेका हुन् । जिल्लाको सबै जसो किसानले लगाएको खेतिपाती  पानी नपाउँदा पहेलो हुँदै सुक्दै गएका छन् भने कतिपय ठाउँहरूमा खानेपानीको समस्यासमेत चरम बन्दै गइरहेको छ ।  

कतिपय किसानहरुले खोलाको पानीबाट सिँचाइ गरे पनि सिँचाइको अपायक पर्ने किसानहरू खडेरीको मारमा परेको  स्थानीय तिर्सना रोका मगरले बताउनु भयो ।  

ताराखोलाका किसानहरूको आम्दानीको प्रमुख स्रोत आलु भएपनि यसपटक लामो खडेरीका कारण आलु उत्पादन राम्रो नभएको कृषक कुल बहादुर रोकाले बताउनु भयो  । खडेरीका कारण आलुका बोट सुकेर पहेलपुर भएकोले यस पटक  आशा मर्न थालेको उहाँले बताउनुभयो । ‘पहिलो वर्ष २० मुरी आलु रु १ सय ३० रुपैँयामा पाथीका दरले विक्री गरेको भएपनि यो पटक भने आलु उत्पादन राम्रो नहुने उहाँले बताउनुभयो । 

‘अघिल्लो वर्ष  आलुको समय राम्रो थियो, राम्रो मूल्यमा विक्री गर्न पायौँ, यो वर्ष बोटमै बिरुवा सुक्यो’,उहाँले बताउनुभयो ।  अहिले वैशाखमा लगाएको मुख्य बालीको रुपमा लिइने मकै बाली पनि सुकेको उहाँले बताउनुभयो । खडेरीका कारण छरेका मकै राम्रोसँग उम्रिन नसकेको पनि उहाँले बताउनुभयो ।  सिचाईको लागि केही स्थानमा पानी पुगेको भए पनि भौगोलिक तबरले पानीको पाइक नपर्ने  बस्ती माथिका जग्गामा लगाएका बालीहरूलाई  खडेरीले असर गरेका   किसान टेक बहादुर वि।कले बताउनु भयो । 

त्यस्तै गलकोट नगर पालिका वडा नं।८ थाले पोखरामा बालीनाली सुक्ने मात्रै नभएर खाने पानीकै अभाव हुन थालेको स्थानीय दिल बहादुर वि।क।ले जानकारी दिनु भयो ।  लामो घडेरीका कारण सिँचाइको सुविधामा नपुगेको किसानहरू समस्यामा गर्दै गइरहेको ताराखोलाका कृषि शाखा अधिकृत सन्दिप थापाले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button