तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–५ का पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादव रेडियो धनुषाधामका सञ्चालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । आज बिहान करिब ४ बजे जनकपुरतर्फ आउँदै गर्दा मिथिला नगरपालिका–६ मा अनियन्त्रित भई मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका यादवको उपचारका क्रममा बिहान ५ः५० मा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते ३० वर्षीय लक्ष्मी नारायण यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button