तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा शुरु 

जनकपुर  । मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज देखि शुरु भएको छ । 

उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेको उपस्थितिमा शुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, विपत् व्यवस्थापन, मिटर व्याजको समस्या सहितको विषयमा ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरुले जिल्लाको अवस्थाका विषयमा छुट्टा छुट्टै प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनु भयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा शुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्कर सहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । यसै गरि प्रदेशका सुरक्षा प्रमुखहरूको पनि सहभागिता रहेको छ ।  

धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरीका उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपाली सेनाका सुरक्षा अधिकारीहरू उपस्थित रहनु भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button