आगलागी नियन्त्रणका क्रममा घाइते दुई सैनिकको मृत्यु
काठमाडौँ । गत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा घाइते हुनुभएका दुई सैनिकको मृत्यु भएको छ ।

आगो नियन्त्रणका क्रममा गम्भीर घाइते हुनुभएका दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा आगो नियन्त्रणका लागि सदरमुकाम सुरक्षा गुल्मबाट जानुभएका चार सैनिक घाइते हुनुभएको र एक सैनिकको डोल्पा जिल्ला अस्पतालमा निधन भएको जनाइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएका गम्भीर घाइते तीनमध्ये दुई सैनिकको मृत्यु भएको हो ।
एक जनाको उपचार भइरहेको छ।







प्रतिक्रिया राख्नुहोस्