सभामुख र शीर्ष नेताहरू बीचको छलफल निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदन सञ्चालन सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार दलका शीर्ष नेताहरूसँग आज राख्नुभएको छलफलमा कुनै ठोस निष्कर्ष निस्कन सकेन ।
छलफलमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कायमै राखेपछि छलफलमा कुनै ठोस सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरूले बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले अहिलेसम्म संसद् अवरोध नगरेर सदासहायतापूर्वक माग राखेको र त्यसमा सुनुवाई नभएकोले आफ्नो मागबाट नेपाली कांग्रेस पछि नहट्ने बताउनुभयो ।
यस्तै छलफलपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने नेपाली कांग्रेसको माग राजनीतिक पूर्वाग्रहले प्रेरित भएको उल्लेख गर्दै आफूहरूले बैठकलाई सहज बनाउन काँग्रेसलाई आग्रह गरेका बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसको माग सही मान्न नसकिने बताउनुभयो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेसले गृहमन्त्रीमाथि लगाएको आरोप मिथ्या भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्