तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सहकारी दिवसमा नेपालका उत्कृष्ट  तीन सहकारीलाई सम्मान

झापा । झापा जिल्ला सहकारी सङ्घले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर देशकै तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ ।

सङ्घले मङ्गलवार बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपाल साकोस , दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था र नवौं स्थानमा रहेको कर्णाली साकोसलाई सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ती संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशी, प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती तथा कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित समारोहका वक्ताहरूले सहकारी संस्थालाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

यसअघि, सहकारीहरूले झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका प्रतिनिधिहरूले प्रभात फेरीको आयोजना गरेका थिए भने विभिन्न जातजातिको पहिचान झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button