तपाईँ सुन्दै हुनुहुन्छः

खानी उत्खननको अनुमति किर्ते भन्दै प्रहरीमा उजुरी

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेश गरेर चुनढुंगा उत्खननको अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रा.लि.ले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले यही २०८० मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ । 

नगरप्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेश गरेर चुनढुंगा उत्खननको अनुमति लिएकाले छानबिनका लागी निवेदन दिएको बताउनुभएको छ । किर्ते गर्नेलाई कारवाहीको माग सहित प्रहरीमा निवेदन दिएको उहाँको भनाई छ । 

भूमिकास्थान नगरपालिका–९, सानोडेभामा  रहेको चुनढुंगा उत्खननको अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्दै चैत्र ५ गते पत्रकार सम्मेलन समेत गर्नुभएको थियो । 

विजय सिमेन्ट प्रा.ली.ले भने नगरपालीकाले आफूलाई अनुमति दिएको भन्दै आएको छ । चुनढुंगा उत्खननको अनुमति–पत्र मेयरलेनै दिएको भन्दै नेकपा एमाले निकट वार्ड अध्यक्षहरूले कार्यपालिका बैठक अवरुद्ध गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button