गढीमा लघु उद्यम तालिमसँगै सिलाइ मेसिन प्रदान
सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरामा लघु उद्यम ३ महिने सिलाई कटिङ सीपमूलक तालिमसँगै व्यवसाय सञ्चालनका लागि सहभागीहरूलाई सिलाइ मेसिन प्रदान गरिएको छ ।

गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाह र गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले १३ जना सहभागीहरूलाई ३५ प्रतिशतको व्यक्तिगत लगानी र बाँकी ६५ प्रतिशत पालिकाको सहयोगमा सिलाई कटिङ मेसिन वितरण गर्नुभयो ।

यसअघि सञ्चालित इम्बोड्रिसम्बन्धी तालिमका सहभागी महिलाहरू आत्मनिर्भर भइसकेको गढी गाउँपालिकाका उद्यम शाखा प्रमुख बैजनाथ चौधरीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्