बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । संवैधानिक परिषद्को बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकले केही रिक्त सबैधानिक निकायका पदमा नियुक्ति गर्ने सिफारिस गर्नेछ । अहिले महालेखा परीक्षकको पद रिक्त छ । आजको बैठकले सो पदमा नियुक्तिको सिफारिस गर्नेछ ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।
संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।प्रधानमन्त्री दाहालले शनिवार विपक्षी दलका नेता देउवासँग छलफल गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्