तपाईँ सुन्दै हुनुहुन्छः

दुई बर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान :मन्त्री अधिकारी 

नवलपरासी,पश्चिम् । सङ्घीय सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दुई वर्ष भित्र भूमि सम्बन्धि समस्या सरकारले समाधान गर्ने बताउनु भएको छ । बुधवार पश्चिम नवलपरासीको सुस्तामा भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्याका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले लामो समय सम्म जमिन जोतभोग गर्दै आएपनि  अब सरकारले लालपुर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने जिकिर गर्नु भयो । 

सुनवल, रामग्राम, सरावल, प्रतापपुर र सुस्ताका भूमिहीन सुकुम्वासीका समस्या सुनेपछि मन्त्री अधिकारीले चैत्र भित्रै नयाँ आयोग बन्ने र वैशाख बाट कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । जग्गा प्राप्त गर्नकै लागी सुकुम्बासी बन्ने प्रवृत्ति देखिएको भन्दै मन्त्री अधिकारीले त्यस्तो समस्या समाधान गर्न नितिनै परिवर्तन गर्न लागिएको पनि उल्लेख गर्नु भयो।

मन्त्री अधिकारीले  नवलपरासीको सिमावर्ती क्षेत्रमा हुने डुबान र कटानको समस्या बारे पनि स्थलगत अवलोकन गरि जानकारी लिनुभएको छ । खेतीयोग्य भूमि डुबानमा पर्दे आएकाले अन्तर–मन्त्रालय समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामीले मात्रै चाहेर हुदैन् परराष्ट्र र ऊर्जा जलस्रोत तथा सिँचाई सँग पनि समन्वय गरेर काम गर्नुपर्छ, मन्त्री अधिकारीले भन्नू भयो ।’ 

यस्तै मन्त्री अधिकारीले वर्तमान सरकारले पुरा अवधि काम गर्ने बताउँदै यही सरकारले परिणाम दिने समेत दाबी गर्नुभयो । सरकार नबन्दै विभिन्न टिका टिप्पणी हुने गरेको भन्दै अधिकारीले नकारात्मक भाष्य चिरेर वर्तमान सत्ता गठबन्धनले मुलुकलाई निकास दिई नयाँ बाटोबाट मुलुक अघि बढ्ने बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button