तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहत् होली मिलन कार्यक्रम’मा उहाँले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

“देशको विकास गर्न र विकृति विसङ्गतिलाई अन्त्य गर्न समाजवाद आवश्यक छ, समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो । समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रूपान्तरण गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button