नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको हिनामिना गरेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुको विकल्प नभएको बताएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको सुरुमा सभामुख देवराज घिमिरेसँग समय माग गरी नेपाली कांग्रेसका सांसद दिपक गिरीले सहकारीमा रकम हिनामिना गरेको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री पदमा नियुक्त गरेको विषयमा प्रश्न गर्नुभयो ।
सांसद गिरीले देशका विभिन्न भागमा रहेका सरकारीमा भएका रकम हिनामिनाका विषयमा निष्पक्ष छानबिनका लागि गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने माग समेत गर्नुभयो ।
बैठकमा सांसदहरुले देशभरी प्रकृति र मानवजन्य विपदबाट भइरहेको क्षति, बनमा बढिरहेको डढेलोले बस्तीहरूमा समेत क्षति सडक दुर्घटनालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले रुकुम पश्चिमबाट आएको बस सोमवार बाग्लुङमा दुर्घटना हुँदा भएको क्षति, घाइतेहरूको उपचार लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै दुर्घटनाको कारण पहिचान गरी न्यूनीकरणको उपायहरूमा ध्यान दिन आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्