तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो

काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । 

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button