तपाईँ सुन्दै हुनुहुन्छः

सुन तस्करी प्रकरण :   गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button