तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण 

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यभार ग्रहण गर्नुभएको छ । 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको थियो  ।

नवनियुक्त  प्रदेश प्रमुख सुवेदी भण्डारीले संविधान, कानून तथा विधि अनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पुरा गर्ने बताउनुभयो । 

उहाँले मधेश प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभयो । 

उहाँ माता जानकीको जन्मभूमिमा आएर केही सेवा गर्न पाउनु आफ्नो ठूलो शौभाग्य भएको बताउनुभयो । 

प्रमुख सुवेदीलाई प्रदेशसभाका सदस्यहरु, कार्यालयका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, समाज सेवीहरूले स्वागत गर्नुभएको थियो । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button