तपाईँ सुन्दै हुनुहुन्छः

विल विजक भन्दा १ करोड ९१ लाख बढीको सामानसहित मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी १ करोड ९१ लाख भन्दा बढीको इलेकट्रोनिक्स सामानहरू लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

गएराति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ५२५४ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी इलेक्ट्रिक पावर बैङ्क, एयर बर्ड, हार्डवेयर पार्ट रहेको र सामान विल विजक भन्दा बढी भेटिएसँगै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button