गाडीको ठक्करबाट घाइते भएकी थारुको मृत्यु
बाँके । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढीतर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडी र मैटहवाबाट कोहलपुरतर्फ आउँदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल रोड क्रस गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोहलपुर –१५ बस्ने ५७ वर्षीया अटानी थारु मृत्यु भएको छ ।
घाइते थारुलाई घटनास्थलबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकल चालक कोहलपुर–१५ का ६२ वर्षीय मगता थारु र साइकलयात्री कोहलपुर–४ मदनचोक बस्ने ५२ वर्षीय प्रह्लाद भद्र खनाल घाइते भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्