प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित : प्रतिनिधिसभाको अर्को बैठक भोलि बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो । बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद अन्सारीको ६० वर्षको उमेरमा काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
अन्सारी जनता समाजवादी, नेपाल पार्टीबाट २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन हुनु भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्