‘कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ’
काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्य योजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीहरूलाई कार्यसम्पादनका क्रममा लोभमा नफस्न निर्देशन दिँदै उहाँले मन्त्रालय मातहत जनसरोकारका कार्यलाई छिटोछरितो सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री बुढाले पदीय जिम्मेवारीअनुसार कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिने बताउनुभयो ।
सहरी विकास मन्त्रालयको पदभारपछि पहिलोपटक विभागको निरीक्षणका क्रममा विभागका महानिर्देशक कुमारप्रसाद घिमिरेले विभागबाट सम्पादित कार्यक्रमबारे मन्त्री बुढालाई जानकारी गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्