‘सुदर्शन–कपिला सिरपा’ नेवा खल: कास्कीलाई प्रदान
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खल: कास्कीलाई प्रदान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा नेवारी भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि सेवा गरेको भन्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेलाई पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।

नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खल: कास्कीलाई उक्त सम्मानबाट सुशोभित गरेको झी पुच: विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको थियो ।
४४ वर्ष अगाडी नेपाल संवत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरूप प्रत्येक २–२ वर्षमा सुदर्शन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ ।
‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुदर्शन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।







प्रतिक्रिया राख्नुहोस्