नौबस्ता औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण एक वर्षभित्र सुरु हुन्छ : मन्त्री भण्डारी
बाँके । उद्योग मन्त्री दामोदर भण्डारीले बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको काम सुरु एक वर्षभित्र हुने बताउनुभएको छ ।

शुक्रबार नेपालगन्जमा विश्व उपभोक्ता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले नौबस्तामा केही काम भएपछि आगामी एक वर्षभित्र टेण्डर गरी काम सुरु गरिने बताउनुभयो ।
नौबस्ता औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका बारेमा उहाँले व्यवस्थित बस्ती विकास गरेर अगाडि बढ्न सकिने धारणा व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्