बारामा ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिए
बारा । बारामा ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । गतवर्ष २०७९/०८० को एक वर्षको जिल्लाको १६ पालिकाबाट ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका तथ्याङ्क बाहिरिएको हो ।
जिल्लामा गतवर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त सङ्ख्यामा कुष्ठरोगका बिरामी फेला परेको द लिप्रोसी मिसन नेपालले जनाएको छ । द लिप्रोसी मिसन नेपाल’ ले सिमरामा आयोजना गरेको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लाको पचरौता नगरपालिकामा ९ जना, कलैया उपमहानगर र कोल्हवी नगरपालिकामा ८/८ जना, आदर्शकोतवाल गाउँपालिकामा ६ जना, जीतपुर सिमरामा ५ जना बिरामी फेला परेका हुन् ।
जिल्लाका अन्य पालिकामा भने नयाँ कुष्ठरोगका सङ्ख्या ५ जना भन्दा कम छ । द लिप्रोसी मिसनका अनुसार यो तथ्याङ्क मधेस प्रदेशका आठै जिल्लामध्ये चौथो स्थानमा पर्छ ।यो प्रति १० हजारमा १ दशमलव ४६ प्रतिशत हो ।
यस्तै पर्सा जिल्लामा १ दशमलव ७१ जना, रौतहटमा १ दशमलव ७५ जना, सर्लाहीमा १ दशमलव १३, धनुषामा १ दशमलव ५५ जना, सिराहामा १ दशमलव ४१ जना, महोत्तरीमा १ दशमलव २० जना छन् ।







प्रतिक्रिया राख्नुहोस्