तपाईँ सुन्दै हुनुहुन्छः

धादिङ बस दुर्घटना अपडेट: हराइरहेका तीन मध्ये दुई जनाको शव फेला

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीन मध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज दिउँसो फेला परेको हो । 

योसहित दुर्घटनामा मृत्यु  हुनेको सङ्ख्या नौ पुगेको छ ।

गैरेको शव दुर्घटना स्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटना स्थलबाट करिब एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा नदीमा शव फेला पारेको जैसवारले जानकारी दिनुभयो ।

बसमा सवार रहेका प्रकाश पाठक अझै हराइरहेका छन् । खोजी कार्य जारी छ । दुर्घटनामा ३९ जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button