तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली

file photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुङ्ग्याउन चाहेको बताउनुभएको छ । 

ललितपुरको च्यासलस्थित पाटी कार्यालयमा आजदेखि सुरु भएको एमालेको सातौँ केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडित मैत्री ढंगले समस्याको समाधान हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो । 

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा ६ वटा कार्यसूचीमा छलफल हुनेछ । 

बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको एजेन्डाहरु तथा समसामयिक प्रस्तावका विषयमा छलफल हुने तथा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । 

बैठक आजदेखि १० गतेसम्म चल्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button