तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्ज भन्सारद्वारा ७ महिनामा ८६ अर्ब ५७ करोड राजस्व असुली

बीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आईसिपीले चालु आर्थिक बर्ष २०८०/८१ को ७ महिनामा ८६ अर्ब ५७ करोड ७५ लाख ३८ हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्त सम्मका लागि आईसिपी भन्सारलाई १ खर्ब ३९ अर्ब ८१ करोड ७४ लाख ६७ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयातमा यस आर्थिक वर्षमा समेत गिरावट आएसँगै चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३८ दशमलव ८ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ७ महिना मा ५३ अर्ब २३ करोड ९९ लाख २९ हजार कम राजस्व असुली भएको बीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ३२ अर्ब १० करोड २४ लाख २० हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ३६ अर्ब ८३ करोड ९ लाख ८७ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ६ अर्ब १५ करोड ७७ लाख ८६ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

त्यसैगरी बीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ७ अर्ब ४१ करोड ८७ लाख ७ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ८३ करोड ८९ लाख ७१ हजार असुली गरेको छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ १ अर्ब ९३ करोड ५९ लाख ७० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब १० करोड ४० लाख २९ हजार राजस्व असुल गरेको बीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button