सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सभामा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० सभापति माया प्रसाद शर्मा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० समितिका सभापति दिलकुमारी रावल थापा पावर्ती र विधायन सम्बन्धी विधेयक २०८० समितिका सभापति जयन्तीदेवी राईले पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्