राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ ।
त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो ।

वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।










प्रतिक्रिया राख्नुहोस्