तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ। क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । नेपाले सिरिज तीन खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २-० ले अगाडि छ ।

नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकको प्रशिक्षणमा रहेको क्यानडा पनि अन्तिम खेल जित्दै सिरिजको सुखद अन्य गर्ने दाउमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button