सुर्योदयमा छोरी–बुहारीलाई निःशुल्क स्नातक
इलाम । इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि छुट्टै प्रयास गरिरहेको छ । नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ ।
विशेषगरी विवाहपछि महिलाले घरका काममै अलमलिनु पर्ने परम्परागत संस्कारको अन्त्य गर्नका लागि छोरी बुहारीलाई नगरले निःशुल्क स्नातक पढाउँदै आएको छ । ‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ नगरले शतप्रतिशत छात्रा वृद्धिमा नगरको एक मात्र क्याम्पस करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष भइसकेको छ । नगरले यस शैक्षिक सत्रमा ४० जना छोरी बुहारीलाई स्नातक पढाउनका लागि सम्झौता गरेको छ ।
‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ नगरले शतप्रतिशत छात्रा वृद्धिमा नगरको एक मात्र क्याम्पस करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष भइसकेको छ ।
हालसम्म उक्त कार्यक्रममा सहभागी एक सय ९४ जनामध्ये २७ जनाले स्नातक उर्तीण गरिसकेको क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिनुभयो ।
स्नातक उर्तीण गरेका विद्यार्थीलाई नगरले एक सय दिनको रोजगारी दिने व्यवस्था समेत गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले एक सय दिनको रोजगारीसँगै लोकसेवा तयारी कक्षा र शिक्षक सेवा आयोगको तयारी कक्षामा समेत छात्रवृत्ति अध्ययनरत छोरी/बुहारीलाई सहभागी गराइने छ ।

छात्रवृत्ति छोरी बुहारीलाई क्याम्पसमा हाल बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । स्नातक उर्तीण गरेका मध्ये धेरै जसोले स्नातकोत्तर अध्ययन गर्न जिल्ला बाहिर समेत जाने गरेको पाइएको छ । कतिपय छोरीहरू विवाह भएर अन्यत्र गएसँगै पढाई छुट्ने गरेको पाइएको छ ।
क्याम्पसमा आयोजित एक कार्यक्रममा नगरका ४० जना छोरी बुहारीलाई पढाउनका लागि नगरपालिका र विद्यार्थीबिच सम्झौता भएको छ । नगर प्रमुख रण बहादुर राईले नारीलाई राम्रो शिक्षा नदिएसम्म सभ्य समाज निर्माण हुन नसक्ने भएकाले छोरी बुहारी शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘समाजमा देखिने विभिन्न प्रकारका विभेदको अन्त्य शिक्षाले मात्र गर्न सक्छ, जसका लागि नारीको भूमिका महत्त्वपूर्ण छ ।’’ नगर प्रमुख राईले नगरलाई मात्र नभई सिङ्गो देशलाई बनाउनका लागि नारीलाई शिक्षित बनाउन लाग्नु पर्ने बताउनुभयो । ‘सन्तानको पहिलो विद्यालय र शिक्षा नै नारी हो, नारी शिक्षित भएमा त्यो सन्तान पनि शिक्षित नै हुन्छ ।,’ नगर प्रमुख राईले भन्नुभयो । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविनराज पौडेलका अनुसार एक जना विद्यार्थीले चार वर्षे स्नातक तह सक्दा एक लाखका दरले खर्च हुने गरेको छ । उहाँका अनुसार हालसम्म नगरले छोरी बुहारी शिक्षाका लागि मात्र दुई करोड बढी रकम खर्च गरिसकेको छ ।
‘नगरको यो अभियानले गर्दा दुरदराजका विपन्न परिवारका महिलाले पढ्न पाएका छन् ।’ महिलाहरू पनि निःशुल्क पढ्न पाएपछि घरका काम छोडेर क्याम्पस आउने गरेका छन् ।
छात्रवृत्ति अध्ययन गर्न आएकामध्ये २७ जनाले हालसम्म पढाइ छोडेको पाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले वार्षिक ३० लाखभन्दा बढी रकम नगरले छोरी बुहारीको शिक्षामा खर्च गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘‘नगरले लगानी गरेर मात्र हुँदैन, छोरी/बुहारीले पढ्नका लागि अग्रसर हुनु पर्दछ ।’’ क्याम्पस प्रमुख गोपाल कट्टेलका अनुसार ड्रपआउट हुनेमा विवाह भएर अन्यत्र जाने र रोजगारीमा नाम निकालेर अन्यत्र जाने रहेका छन् । प्रमुख कट्टेलले नगरले थालेको उक्त अभियानका कारण पैसाको अभावमा पढाइबाट वञ्चित बन्नु पर्ने अवस्था कसैमा पनि नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘नगरको यो अभियानले गर्दा दुरदराजका विपन्न परिवारका महिलाले पढ्न पाएका छन् ।’’ महिलाहरू पनि निःशुल्क पढ्न पाएपछि घरका काम छोडेर क्याम्पस आउने गरेका छन् ।
छात्रवृत्ति अध्ययनरत प्रतिका प्रधानले नगरले सुरु गरेको छोरी बुहारी शिक्षाकै कारण मात्र आफूले स्नातक गर्न पाएको बताउनुभयो । विशेषगरी विपन्न परिवारका महिलाका लागि छोरी/बुहारी शिक्षा कार्यक्रम वरदान साबित भएको क्याम्पस सञ्चालन समिति सदस्य ललिता नेपालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्