तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारीको कुनै पार्टी, धर्म र राष्ट्रियता हुँदैन : मन्त्री गुरुङ

नवलपरासी पश्चिम् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारीको कुनै जात धर्म, पार्टी र राष्ट्रियता नहुने बताउनुभएको छ ।

वर्तमान सरकारले गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न पहलकदमी लिएको उल्लेख गर्दै मन्त्री गुरुङले मानव तस्करी, सुन ओसार पसार लगायतका ठुला ठुला काण्डहरूलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अघि बढिरहेको र बिस्तारै अन्य ठुला फाइलहरू पनि खोलिँदै जाने जिकिर गर्नुभयो । सरकारका हरेक क्रियाकलापलाई एक थरीले नकारात्मक तवरले मात्र प्रचार गरी सरकारले गरेका पहललाई ओझेलमा पार्न खोजिएको उहाँको भनाइ थियो ।

पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको न्युलाईफ माविले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय हरेक क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको बताउनुभयो ।

मुलुक परिवर्तनका लागि सबै नेतृत्वमा सोच परिवर्तन हुनु जरुरी रहेको मन्त्री गुरुङको धारणा रहेको थियो । कार्यक्रममा कानुन मन्त्री गुरुङले न्याय सबैलाई समान हुनु पर्नेमा जोड दिँदै आम नागरिकलाई सहज रुपमा न्यायको प्रत्याभूति हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button