पूर्वाधारको विकास र विस्तारले मात्र जनसङ्ख्यालाई सन्तुलनमा राख्न सकिने
काठमाडौँ । पूर्वाधारको विकास र विस्तारले मात्र हिमाली, पहाडी र तराई क्षेत्रको जनसङ्ख्यालाई सन्तुलनमा राख्न सकिने विज्ञहरूले बताउनु भएको छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा जनसङ्ख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल गर्न आज बसेको बैठकमा त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या विभागका प्राध्यापक डा.पदमप्रसाद खतिवडाले शिक्षा, स्वास्थ्य र रोजगार जस्ता अवसरको कमीले जनसङ्ख्याको सन्तुलन कामय हुन नसकेको बताउनुभयो ।
बैठकमा प्रा.डा खतिवडाले जनसङ्ख्या घट्दै गएका क्षेत्रहरूमा विकासका मोडेलहरू परिवर्तन गरी पुनःबसोवास हुनसक्ने किसिमका योजना तथा कार्यक्रमलाई सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।
प्रा. डा. खतिवडाले २०४६ साल देखि हिमाली र पहाडी क्षेत्रका बासिन्दा सबैभन्दा बढी मात्रामा बसाई सरी जाने गरेको तथ्याङ्क रहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले भूगोल अनुसार बसोबास सन्तुलित बनाउन नीतिगत सुधार गर्दै जनशक्ति पलायन, बेरोजगारी जस्ता समस्याको समाधान गर्न स्थानीय स्तरबाट प्रभावकारी कार्यक्रमहरूको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्